Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खाना पकाउने ग्यासको मूल्य १ सय ५० रुपैयाँले बढ्यो

खाना पकाउने ग्यासको मूल्य १ सय ५० रुपैयाँले बढ्यो

  • काठमाडौँ । खाना पकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५० रुपैयाँले बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    बढेको मूल्य बिहीबार राती १२ बजेदेखि नै लागू भइसकेको निगमले जनाएको छ । 

    AGNI GROUP

    योसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १० थियो । उपभोक्ताले आधा सिलिन्डर ग्यासलाई १ हजार ५ रुपैयाँ तिर्दै आएका थिए । 

    तर, अब भने आधा सिलिन्डर ग्यासलाई १ हजार ८० रुपैयाँ पर्नेछ । यता निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य २ र डिजेल-मट्टितेलको मूल्य १२ रुपैयाँले घटेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट