Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

  • जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । 

    images
    images
    images

    नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्येमा पर्दछ । 

    यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो । सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिनुभयो । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुनेगरेको छ ।

     त्यस्तै जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिकरूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij