
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । मकवानपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडा उपमहानगरपालिका-२ स्थितमा तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij