
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । आइतवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतवार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।
त्यसैगरी चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij