Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

डोटी प्रहरीको शंकास्पद काम, सार्वजनिक भएन बरामद सुन र रकम

डोटी प्रहरीको शंकास्पद काम, सार्वजनिक भएन बरामद सुन र रकम

  • काठमाडौँ– डोटीमा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन् । कुल एक किलो १०० ग्राम पक्राउ गरेको कम्तिमा पनि एक महिना बित्नै लाग्दासमेत सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीको नियतमाथि शङ्का गर्न थालेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउसमेत गरेको थियो । पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिले सम्मपनि कुनै सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीप्रति सशङ्कित हुनथालेको सिलगढीका स्थानीय भरत नेपालीले बताए ।

    उता प्रहरीले सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआइसिंह गाउँपालिका–६ भिताणीकी ६० वर्षिया काली भुललाई पक्राउ गरेको थियो । प्रहरीले काली र उनका भतिजालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए  । उनले भने, “प्रहरीले सुन र सम्लग्न अन्य व्यक्ति खोजीरहेको छ ।” जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टरमार्फत आफूलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको दाबी गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij