Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

डाक्टरको परामर्श शुल्क मन्त्रालयद्वारा अस्वीकार

डाक्टरको परामर्श शुल्क मन्त्रालयद्वारा अस्वीकार

  • बुधबारदेखि निजी अस्पतालमा लागु हुनेगरी नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (एफिन)ले तय गरेको बिरामी परामर्श शुल्क सरकारले अस्वीकार गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गृहकार्यबिना मान्य नहुने जनाएको छ । संघ र एफिनले बुधबार विज्ञप्ति जारी गरी निजी अस्पतालका चिकित्सकहरूको परामर्श शुल्क तह र अनुभवअुनसार ३ सय ७० देखि ८ सय २५ रुपैयाँ रहेको तालिका घोषणा गरेको थियो ।

    images
    images
    images

    मन्त्रालयका अनुसार प्रमुख विशेषज्ञको संयोजकत्वको समितिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले कार्यान्वयन गर्न थप निर्णय लिनुपर्ने विषयलाई नबुझी नेपाल चिकित्सक संघ र अन्य एफिनले घोषणा गरेको परामर्श शुल्क मान्य नहुने जनाउँदै २०७१ सालकै निर्णयलाई लागु गर्न निर्देशन दिएको छ ।नागरिक दैनिकमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij