Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रचण्ड र माधवलाई यतातिर दोधार

प्रचण्ड र माधवलाई यतातिर दोधार

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधिसभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।

    images
    images
    images

    संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्ने सकेको छैन । स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर, महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने ? भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij