Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ललितपुरमा १३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ललितपुरमा १३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

  • ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महांकाल गाउँपालिका-४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका-८ घर भएका २१ वर्षीय राजकुमार ठाकुर रहेका छन् । उनलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधवार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij