Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका जिल्लाहरूमा भने अहिले मौसम सामान्यतया सफा नै देखिएको छ।

    onlinepatrika
    Arghakhachi

    शनिबारको मौसम हेर्दा कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित देशका अन्य हिमाली भू-भागमा साधारणतया बादल लाग्ने देखिएको छ। कोशी प्रदेशको तराई क्षेत्र र अन्य पहाडी भू(भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा मौसम सफा रहनेछ। 

    AGNI GROUP

    यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

    विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। पहाडमा वर्षा र तराईमा हावाहुरीको यो मिश्रित प्रभावले जनजीवनमा सामान्य असर पर्न सक्ने देखिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij