Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

  • ओखलढुङ्गा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई  कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

    images
    images
    images

    काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही  पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो । 

    घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij