Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सागर लम्साल विवाद: महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया

सागर लम्साल विवाद: महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया

  • काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अमेरिका बस्ने एक युवतीले वर्षदिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फरक फरक प्रतिक्रिया आउन थालेको हो ।

    AGNI GROUP

    आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि बढ्न बाँकी रहेपनि, कलाकारहरूले भने समाजको संवेदनशीलता, पीडितप्रतिको व्यवहार र न्याय प्रणालीबारे आफ्ना धारणा राखेका छन् ।

    अभिनेत्री रेखा थापाले महिलाको आवाज सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले लेखेकी छन्, ‘यदि हामी आफ्नी छोरी-बहिनीलाई माया गर्छौं भने, त्यसको सबैभन्दा राम्रो तरिका उनीहरूको कुरा सुन्नु हो । परम्परा र पूर्वाग्रहको चश्मा हटाएर हेर्ने हो भने, हरेक युवतीभित्र परिवर्तन ल्याउने शक्ति रहेको उनले संकेत गरेकी छन् ।’

    अभिनेत्री केकी अधिकारीले समाजको विडम्बनालाई औंल्याउँदै पीडितले नै शिर झुकाएर हिँड्नुपर्ने अवस्थामाथि प्रश्न उठाएकी छन् । उनले अपराधी डराउने र पीडित सुरक्षित हुने समाज निर्माण सम्भव छ कि छैन भन्ने प्रश्न आज झन् सान्दर्भिक बनेको बताएकी छन् । यस्तो विषयमा बोल्न साहस चाहिने भन्दै उनले पीडितलाई सम्मान र सुरक्षा दिन तथा दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘हाम्रो समाजको विडम्बना नै यही हो कि यहाँ पीडितले शिर झुकाएर हिँड्नुपर्छ र अपराधी कतिपय अवस्थामा ‘हिरो’ बनेर घुमिरहेका हुन्छन् । एउटा यस्तो समाज जहाँ अपराधी डराओस्, पीडित होइन, के यो कल्पनामा मात्र सिमित छ कि हामी साच्चै निर्माण गर्न सक्छौं रु अनि सुन्नुस् त, यस्तो किसिमको कठोर समाजमा नि बोल्न ठुलो सहास चाहिन्छ ,अनि त्यो सहास बटुल्न समय लाग्छ।कम्तीमा यस्तो घटनामा अलिक संबेदनसिल बनेर सोचौं , लेखौँ। पीडितलाई सुरक्षा र सम्मान दिऔँ, अपराधीलाई सामाजिक बहिष्कार र कानुनी कठघरासम्म पुर्याऔँ ।’

    यसैगरी अभिनेत्री रिचा शर्माले बलत्कार हो भनेर सावित हुन वा मान्न मात्र पनि पीडित महिला विभत्स तरिकाले मारिनै पर्ने हो र भन्दै प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ‘भनेपाछि ‘बालत्कार हो’ भनेर सावित हुन (वा मान्न मात्र पनि), पीडित महिला विभत्स तरिकाले मारिनै पर्ने हो ?

    त्यस्तै, अभिनेत्री आँचल शर्माले कवितात्मक शैलीमा आफ्नो प्रतिक्रिया दिँदै ‘राम्रो’ र ‘नराम्रो’ छुट्याउन समाजले देखिने आवरणभन्दा पर जानुपर्ने सन्देश दिएकी छन् । बाहिरी व्यवहार, बोली, पहिरन र व्यक्तित्वले मात्रै मानिसको वास्तविक चरित्र नबताउने भन्दै उनले प्रश्न उठाएकी छन् कतै नराम्रो कुरा राम्रोको भेषमा त आएको छैन ?

    उनले लेखेकी छन्, ‘राम्रो-नराम्रो कसरी छुट्याऊँ म यहाँरु मुकुट लगाएकाहरूलाई कसरी चिनौं म यहाँरु राम्रो-किन र कसरी रु नराम्रो-किन र कसरी भनौं म यहाँ? मिलनसार, हाँस्ने, मिठो बोली-यी राम्रो हुन् कि नराम्रो ?रुखो बोली, नमिल्दो चालढाल, रिसाहा अवतार-यी राम्रो हुन् कि नराम्रो ? यी सबै देखिने चिज मात्र हुन् कि ?सफा कपडा, टल्केका जुत्ता, सँधै मगमगाउने शरीर-भित्र लुकाइएका त्यो कालो मसाणलाई बुझौं म कसरी ? आँखाले देखेको सत्य हो कि भ्रम मात्रै? कि यहाँ नराम्रो सँधै राम्रोको भेषमा आउँछ ?

    गायिका एलिना चौहानले छोटो तर स्पष्ट सन्देश दिँदै न्यायप्रतिको अपेक्षा व्यक्त गरेकी छन् । उनले नयाँ सरकार आयो अब कुनै अपराधी बच्ने छैन भन्दै लेखेकी छन् । ‘निर्दोष नफसोस्, अपराधी नबचोस्,’ भन्ने उनको भनाइले निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाको माग झल्काउँछ । यसैगरी प्रिज्मा खतिवडाको स्टाटसले पनि व्यापक ध्यान खिचेको छ, विशेषगरी किनभने यसअघि उनी र लम्सालबीच विवादसमेत चर्चामा आएको थियो ।

    प्रिज्माले आफ्नो स्टाटसमार्फत समाजको सोचमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनी लेख्छिन्, ‘हामी सधैं सोध्छौं,’किन ढिलो बोलिन ? तर कहिल्यै बुझ्न खोज्दैनौं- ‘बोल्न कति गाह्रो थियो’ हिम्मत गरेर आवाज उठाउनेलाई कमजोर बनाउने होइन, साथ दिने बनौँ।’ छोरी मान्छे बाहिर आएर आफू माथि भएको अपराधबारे बोल्दा, उल्टै उसकै चरित्र हत्या गर्न छोडौँ। पीडितलाई होइन, दोषीलाई प्रश्न गरौँ। न्याय मिलोस्, दोषीलाई कडा सजाय होस्।’ यो घटनाले फेरि एकपटक नेपाली समाजमा लैंगिक हिंसा, पीडितप्रतिको दृष्टिकोण र सार्वजनिक व्यक्तिहरूप्रति अन्धविश्वासजस्ता विषयहरूलाई बहसको केन्द्रमा ल्याएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट