Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • काठमाडौँ ।  आज फागुन ६ गते बिहिबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेरुदे लघुवित्तको लाभांश सुक्रषित गर्ने अन्तिम दिन हो  । यी दुई कम्पनिले साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ६ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । 

    images
    images
    images

    लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले  आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा बोलाएको छ । काल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ। 

    त्यस्तै नेरुदे लघुवित्तले फागुन २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२  प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij