Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

फेसबुकले रोकिदियो समाचार

फेसबुकले रोकिदियो समाचार

  • सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचारमाथि प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियाले नयाँ कानुन बनाएपछि चलिरहेको विवादकाबीच अष्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न र समाचारको लिंक शेयर गर्न नपाउने भएका हुन् ।

    images
    images
    images

    अष्ट्रेलियाले फेसबुक, गुगललगायतले अष्ट्रेलियाका समाचार प्रयोग गरेबापत पैसा तिर्नुपर्ने कानुन ल्याएको छ । अष्ट्रेलियाको तल्लो सदनले बुधवार यस्तो कानुन पारित गरेपछि फेसबुकले समाचारसहित केहि सरकारी वेभसाइटमाथि समेत प्रतिबन्ध लगाएको छ । फेसबुक र गुगलले भने अष्ट्रेलिया सरकारले ल्याएको कानुन इन्टरनेट कसरी संचालित हुन्छ भन्ने विषयसँग मेल नखाने बताउँदै आएका छन् ।

    अष्ट्रेलियन मिडियाहरुले समेत आफ्नो फेसबुक पेजमा समाचार पोष्ट गर्न नमिल्ने भएको छ । एबीसी, सिड्नी मर्निङ जस्ता समाचार संस्थाका फेसबुक पेजमा अहिले कुनै पोष्ट नदेखिएको बीबीसीले जनाएको छ । एजेन्सी । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij