Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले दलित समुदायसँग माफी मागेका हुन् । उनले दलित समुदायमाथि आजसम्मको विभेद सामाजिक गल्ती नभएर संगठित अपराध रहेको बताए ।
यो देशको दलित समुदायलाई आज मैले सार्वजनिक क्षमायाचनाका साथ केही भन्नुछ । आजसम्मको विभेद सामाजिक गल्ती थिएन संगठित अपराध थियो’, लामिछानेले भने, ‘यो देश किन बनेन थाहा छ रु किनकि जसका हातमा सीप थियो तिनलाई हामीले अछुत मान्यौं । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्री र सरकारको तर्फबाट पनि माफी माग्छौं र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु ।’
सभापति लामिछानेले रास्वपा नेतृत्वको वर्तमान सरकारले शताब्दियौंदेखिको विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी मागेको उल्लेख गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij