Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • काठमाडौं । अहिले देशको पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images
    images
    images

    आज दिउँसो प्रदेश २ र वाग्मती लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी आज राती प्रदेश १ मा आंशिक बदली रही वाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij