
Apr 24 2025 | २०८२, वैशाख ११ गते
झापा । झापाको झापा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोमवार साँझ को १३ प ९०० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा झापा गाउँपालिका वडा नं ६ शरणामतिका २२ वर्षीय सनम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार साँझ साढे ६ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल सानो माईखोलाको पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। तामाङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij