Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि भई ऐतिहासिक उचाईमा पुगेको छ । आज ११ बजे २५८६.०१ को बिन्दुबाट सुरु भएको नेप्से परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा १५.५० अंकले बढेर २६०१.५१ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ ।
परिसूचक ०.६० प्रतिशतले बढेको हो । नेप्से दोहोरो अंकले बढे पनि कारोबारका १२ उपसमुहमध्ये ८ उपसमुह ओरालो लागेका छन् र बाँकी ४ उपसमुह मात्र उकालो लागेका हुन् । अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर ७६ हजार ४९३ पटक खरिद बिक्री हुदाँ १० अर्ब ३ करोड ५४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये नबिल बैंकले ५२ करोड ९९ लाख ९६ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ । आज सबै भन्दा धेरै चन्द्रगिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका हुन्। त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंक, मिरमिरे लघुवित्त, कर्पोरेट डेभलेपमेण्ट बैंक लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने शाधना लघुवित्त, पाँचथर पावर कम्पनी, वरुण हाइड्रोपावर, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij