
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर र प्रदेश नं. १ को सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं.१ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्राधिकरणसँग समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
समझदारीपत्रको मुल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बैंकले उल्लेख गरेको छ ।
समझदारी पत्रमा प्रदेश नं. १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रदेश नं.१ का मुख्य मन्त्री शेरधन राई पनि उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij