Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महालक्ष्मी लाईफ इन्स्योरेन्समा मनोरञ्जन !

महालक्ष्मी लाईफ इन्स्योरेन्समा मनोरञ्जन !

  • महालक्ष्मी लाईफ इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जन रमण शर्मा चयन भएका छन्  । नव निर्वाचित संचालकहरुको फागुन ३ गते गते बसेको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा  मनोनयन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    फागुन ३ गते नै सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो । 

    अध्यक्ष शर्माले आजै बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल समक्ष  पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम  उनले सपथ लिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij