Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रादेशिक अस्पताल कलैया लथालिङ्ग अवस्थामा रहेको छ । प्रादेशिक अस्पताल कलैयाले बिरामीको उपचार गर्नको सट्टा आफै बिरामी भएको देखिन्छ । जुन जोगी आए कानै चिरेको भनेझै अस्पताल प्रशासनको लापरवाहीले जनता आर्जित बनेको छ । स्टन्ट गर्न माहिर रहेका प्रादेशिक अस्पताल कलैयाले बिरामीहरूलाई उपचार गर्न नसक्दा बिरामीहरू आर्जित बनेका छन ।
अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट देखि विशेषज्ञ डाक्टरहरू प्राईभेटमा भर पर्ने नितीले अस्पताल लथालिङ्ग भएको नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउछन ।
नाम मात्रको अस्पताल प्रशासन रहेको सेवाग्राही बताउछन । राजनिति नियुक्तिले अस्पताल भरिभराउ रहे पनि जनताहरू न त प्रभावकारी उपचार पाउन सफल भएका छन , ‘ न त बिरामीहरू समयमा औषधी पाएका छन ।
अस्पताल फोहोरको ढङ्गर भएको छ । बिरामीहरू लामखुट्टेको टोकाइबाट रात काट्ने गरेको बताउछन । दुर्गन्धित शौचालयमा पानी समेत न आएको बिरामीहरूले गुनासो गरेका छन ।
सरसफाइ देखि पर्खाल, एसिमा लाखौ बजेट स्वाहा हुने गरेको छ । गोप्य रुपमा खरिद प्रक्रियाको टेन्डर हुने गरेको छ । टेन्डर गरे पनि औषधी महङ्गो मूल्यमा कम समय भएको (एक्सपायरी डेट) खरिद गरि बजेट कुमल्याने गरेको आरोप लाग्दा पनि सम्बन्धित निकायको ध्यान हुन नसक्दा अस्पताल प्रशासनको मनोबल बढेको आरोप लाग्ने गरेको छ ।
अस्पतालमा कार्यरत डाक्टर नर्सको मिलिभगतमा बिरामीलाई निजी क्लिनिकमा पठाएको विवादमा अस्पताल प्रशासन तुरुन्त एक्सनमा आई नियमको पालना गर्न उर्दि जारी गरेको छ । अस्पताल अब केही दिन नियम संगत चल्ने जनविश्वास लिईएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij