Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

  • काठमाडौं । यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने  भएको छ ।  पुरस्कार छनोट समितिको आज बसेको बैठकले उहाँलाई पुरस्कार अर्पण निर्णय गरेको हो । समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा बसेको बैठकले पत्रकार गिरीलाई पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिनुभयो । 

    images
    images
    images

    मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष सो प्रदान गरिने सो पुरस्कारको राशी रु १५ हजार सहित प्रमाणपत्र रहेको छ । 

    गत वर्ष पत्रकार मनिषा केसीलाई सो पुरस्कार प्रदान गरिएको  थियो । तत्कालीन नेकपा ९एमाले०का सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट  चौर जहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।  पुरस्कार यही फागुन २१ मा वितरण गरिने भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij