Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

प्रहरी भागरथीका हत्याराको नजिक पुगिसक्यो : गृहमन्त्री

प्रहरी भागरथीका हत्याराको नजिक पुगिसक्यो : गृहमन्त्री

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन् ।

    images
    images
    images

    गृह मन्त्रालयमा आज सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री थापाले सो घटनामा सरकार गम्भीर रहेको बताएका हुन् । कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर छानबिन टुंगोमा पुर्याउने प्रक्रिया अघि बढेको जानकारी दिए। महिला हिंसा रोक्न सरकार गम्भीर रहेको गृहमन्त्रीको भनाइ छ ।

    images

    महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij