Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस नहरमा खस्यो, २५ को शव भेटियो

भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस नहरमा खस्यो, २५ को शव भेटियो

  • काठमाडौं । मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

    images
    images
    images

    स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । ७ यात्रुको उद्धार गरिएको छ भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाए । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ । केही शव बगेका छन् ।

    एएसपी अन्जुलता पटेलले २५ शवलाई निकालिसकिएको जानकारी दिइन् । बाँकी सबै यात्रीको मृत्युको आशंका गरिएको छ । उक्त दुर्घटना बिहान करिब साढे सात बजेको हो ।

    प्रहरीका अनुसार बसको क्षमता ३२ यात्रीकमो थियो । तर यसमा ५४ यात्री थिए । सिधा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेका थिए । उनले नहरको किनाराबाट बस गुडाउादै थिए । बाटो निकै साँघुरो भएकोले ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दुर्घटना निम्तिएको बताइन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij