
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी जवानहरुलाई प्रहरी हवल्दारमा बढुवाको सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवाको सिफारिस गरेको हो । बढुवाको लागि सिफारिस भएका १२१ जना प्रहरी जवानहरुको नामावली प्रहरी प्रधान कार्यालयले सूचनामार्फत प्रकाशित गरेको छ ।
सूचनामा नेपाल प्रहरीमा प्रविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह, सञ्चारतर्फ रिक्त रहेका प्रहरी हवल्दार पद संख्या १ सय २१ मा बढुवा गर्न फागुन ३ गते बसेको बढुवा बैठकले गरेको निर्णय अनुसार प्रहरी जवानहरुलाई हवल्दारमा बढुवाको सिफारिस गरिएको बताइएको छ ।
सूची हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij