
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । लक्ष्मी बैंकले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। तु कर्जा-रुपी-सेवा (Lending-as-a-Service (LaaS)) रहेको र यस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाख सम्मको कर्जा लिन सक्ने बैंकएल जनाएको छ।
बैंकका अनुसार कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुने र विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको बैंकएल जनाएको छ।
यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज-पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व-स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिने बैंकले जनाएको छ। सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिने र कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij