
Apr 24 2025 | २०८२, वैशाख ११ गते
दाङ । घोराही उपमहानगरपालिका--१९ दुईखोलीबाट नियन्त्रित लागूऔषध ६ केजी १ सय ग्राम अफिम जस्तो देखिने पदार्थ सहित रोल्पा थवाङ गाउँपालिका-५ बस्ने ३८ वर्षीय प्रकाश घर्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घर्तीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij