Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

एनआरएनएको विश्वव्यापी ‘टेलि–हेल्थ’ सेवा सुरुआत, यस्तो छ विशेषता

एनआरएनएको विश्वव्यापी ‘टेलि–हेल्थ’ सेवा सुरुआत, यस्तो छ विशेषता

  • काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुभारम्भ गरिएको छ । टेलि–हेल्थ सेवा बाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपालीले लाभ लिन सक्ने एनआरएनएले जनाएको छ। उनीहरुले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन् ।

    images
    images
    images

    मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घााटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले स्वास्थ्यसम्बन्धी जिज्ञासा वा समस्याको सम्बोधन गर्नुका साथै उचित परामर्श प्रदान गर्नेछन् । मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिएका छन् । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू यस कार्यक्रममा सहभागी छन् ।

    तपाईले यसका लागि आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्एपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, इमेल [email protected] मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिने संघले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij