
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर मूल्यमा लगातार तेस्रो दिन सकारात्मक सर्किट लागेको छ । मंगलबार नियमित कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
दोस्रो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४५२ पुगेको छ ।
बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij