
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माघ ३० गते देखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले आईपीओमा सोमवारसम्म मागभन्दा करीब ५० गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले प्रतिकित्ता रू १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
उक्त आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
साथै, मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij