
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र ३।७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ६।७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सो प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij