Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

एचआईडिसीएसल र बरुण हाइड्रो लगायतका कम्पनीको हकप्रद आवेदन रद्द

एचआईडिसीएसल र बरुण हाइड्रो लगायतका कम्पनीको हकप्रद आवेदन रद्द

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरुको हकप्रद तथा आइपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा पेश गरिएका आवेदन रद्द गरेको छ  । सार्वजनिक निष्काशनको प्रक्रिया अगाडी बढाएका तर बोर्डले माग गरेका कागजात तथा विवरणहरु समय मै उपलब्ध नगराएका कम्पनीको आवेदन रद्द गरिएको बोर्डले जनाएको छ  । 

    images
    images
    images

    यस संगै बोर्डको वेबसाइटमा  हकप्रदको लागि पाईपलाइनमा रहेका एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको नाम सुचिबाट हटिसकेको छ  । बोर्डका अनुसार यी कम्पनीहरुले बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेकोले आवेदन रद्द गरिएको हो  । बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार बोर्डले कमेन्ट पठाएको ६ महिना वा सो भन्दा बढी समयसम्म पनि कुनै जवाफ नदिएका कम्पनीको हकप्रद आवेदन रद्द गरिएको हो  । उनका अनुसार अब ति कम्पनीले हकप्रद निष्काशन गर्नको लागि सुरु देखि नै प्रक्रिया अगाडी बढाएर आवेदन दिनु पर्ने छ ।  

    बोर्डले पाएपलाइनको सुचिबाट एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको नाम हटाएपछि अहिले हकप्रदको पाईपलाइनमा कर्पोरेट डेभलपमेन्ट बैंक, र अरुण भ्याली हाइड्रो मात्र रहेका छन् ।  

    बोर्डले हकप्रदमा मात्र नभई आईपिओ, ऋणपत्र, एफपिओ, लगायतका सार्वजनिक निष्काशनमा यहि प्रक्रिया अपनाउने भएको छ  । जस अनुसार बोर्डले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका तर बोर्डले कमेन्ट पठाएको ६ महिनासम्म पनि केहि जवाफ नदिएका कम्पनीको आवेदन पनि रद्द गरिएको बोर्डले जनाएको छ  । यस संगै उनीहरुले अझै आईपिओ निष्काशन गर्न चाहेमा फेरी आवेदन दिएर नयाँ प्रक्रिया थालनी गर्नु पर्ने छ  । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij