Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन सकिएसँगै नयाँ चलचित्र ’लालिमा’ रिलिज

निर्वाचन सकिएसँगै नयाँ चलचित्र ’लालिमा’ रिलिज

  • काठमाडौं । निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ आज रिलिज भएको छ । यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ ।

    onlinepatrika
    Arghakhachi

    एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको छ । खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।

    AGNI GROUP

    यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट