Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले आजका लागि कालो अंगुरको प्रतिकेजी मूल्य २१० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी मूल्य ६५ रुपैयाँ तोकेको छ ।
यसैगरी रातो आलु केजीको २६ रुपैयाँ, भारतीय रातो आलु २६ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ, तराई काउली २२.५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती प्रतिकेजी १४५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
समितिले सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, हरियो खुर्सानी ५० रुपैयाँ, गोलभेँडा ठूलो ५५ रुपैयाँ, गोलभेँडा सानो १७.५० रुपैयाँ, गोलभेँडा सानो (तराई) १७.५० रुपैयाँ तोकेको छ ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij