Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

‘कति पीडा भयो होला मेरी छोरीलाई, अन्तिम पटक के भनिहोला’

‘कति पीडा भयो होला मेरी छोरीलाई, अन्तिम पटक के भनिहोला’

  • विघटिन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेता–कार्यकर्ताको समूह दार्चुलाकी भागीरथी भट्टकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी छोरी मारिएको घटनाबारे बताइरहेकी थिइन् ।

    images
    images
    images


    भण्डारीले प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेको र अपराधीलाई कानुनी कठघरामा उभ्याइने आश्वासन दिए । उनले ‘दोषी कुनै हालतमा उम्कन पाउँदैनन्’ भनेर सान्त्वना दिनै लाग्दा द्रोपदीलाई छोरीको यादले भावुक बनायो । उनी एकाएक डाँको छाडेर रुन थालिन् । ‘कति पीडा भयो होला मेरी छोरीलाई । अन्तिम पटक के भनिहोला,’ द्रोपतीले भनिन् ।
    पति र सन्तान वियोगको पीर एकैसाथ खेपिरहेकी भागरथी आमा द्रोपतीको अनुहार बेचैन र मलिन थियो । दुई महिनादेखि नओभाएका उनका आँखा सुन्निएका थिए । गत पुस ७ मा उपचारका क्रममा श्रीमानको मृत्यु भएको थियो ।
    आजको कान्तिपुर दैनिकमा  खबर छापिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij