बाँके । नरैनापुरका धनिराम यादवलाई करिब २५ किलो अवैध लागूऔषध गाँजासहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।