Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेपाली सेना सवार बस दुर्घटना, १२ जना घाइते

नेपाली सेना सवार बस दुर्घटना, १२ जना घाइते

  • बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलुको नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार रहेकामा १० जना घाइते भएका हुन् ।  उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । 

    images
    images
    images

    सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै सशस्त्र प्रहरी टोली उद्धार कार्यको लागि खटिएको थियो ।  

     गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij