Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

वाणिज्य आपूर्ति विभागका नासु ८ हजार घुससहित पक्राउ

वाणिज्य आपूर्ति विभागका नासु ८ हजार घुससहित पक्राउ

  • काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा र लेखापढी गर्ने एक जना ८ हजार रुपैयाँ घुसरकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले विभागका नासु नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई घुससहित पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनु पर्छ भनि घुस रकम माग गरेका थिए । 

    AGNI GROUP

    विशेष सूचनाको आधारमा घुसरकम लिईसकेको अबस्थामा उनीहरुलाई आइतबार दिउँसो पत्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनीहरु दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij