Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । छायांकन सकिएको फिल्म ‘मितज्यू' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले गत वर्षको माघमा फिल्मको निर्माण घोषणा गर्दा सार्वजनिक गरेको पेन्टिङ पोस्टरमा फिल्मका तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई पोस्टरमा देख्न सकिन्छ ।
दयाहाङ र सौगातबीच पञ्जा लडाइँको दृश्य समावेश पोस्टरमा तेरिया भने मालवहाक गाडीको बोनटमाथि बसेकी छन् ।
अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको निर्माणमा बनेको यस फिल्ममा दयाहाङ र सौगात र तेरियासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
शिशिर बिशंखेको छायांकन रहेको यस फिल्मका सम्पादक लोकेश बज्राचार्य हुन् । आरआर फिल्म्सले देशभर वितरण गर्ने यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते प्रदर्शन हुने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij