Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इन्जिनियर हत्या प्रकरण : एक जना पक्राउ

इन्जिनियर हत्या प्रकरण : एक जना पक्राउ

  • काठमाडौं । सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो । भारतीय पक्षसँगको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । सिरहाको सुखीपुर नगरपालिका- ६, बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामै बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएका थिए ।

    AGNI GROUP

    गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महतोले भारतीय ‘सुटर’ प्रयोग गरी हत्या गराएको हुन सक्ने आशंका गरिएको छ । मृतक यादव र महतो दुवै लोकसेवा आयोगमार्फत एउटै पदका प्रतिस्पर्धी रहेको खुलेको छ ।

    सरकारी सेवामा नियुक्ति प्रक्रियासँग जोडिएको विषय नै घटनाको कारण हुन सक्ने भन्दै प्रहरीले सोही कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका महतोमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरिएको छ ।

    आज दिउँसो पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट