Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेप्सेमा सूचीकृत

इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेप्सेमा सूचीकृत

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर धितोपत्र दोस्रो बजार (नेप्से) मा सेयर सूचीकृत गरेको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता सेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।

    images
    images
    images

    कम्पनीले संस्थापक र सर्वसाधारणतर्फको गरी २० लाख कित्ता सेयर बिहीवार नेप्सेमा सूचीकृत गराएको हो । बैंकको सेयर आइतबारदेखि कारोबार गर्न सकिनेछ । पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेन्ज तोकेको छ ।

    कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो । आर्थिक वर्ष ०७६\७७ सम्मको कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ रू. ११३ दशमलव ६२ रहेको छ ।

    चालू आर्थिक वर्षभित्र कम्पनीले रू. ११७ दशमलव ६९ प्रतिसेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।

    कम्पनीले सर्वसाधारणमा  जारी गरेको आइपिओ माघ १६ गते बाँडफाँट गरी सम्बन्धित सेयरधनीको डिम्याटमा जम्मा गरिसकेको छ । 

    कम्पनीले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो ।

    कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँट गरेको छ । 

    अधिकतम पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको सर्वसाधारणलाई आइपिओ जारी गरे पश्चात चुक्तापूँजी २० अर्ब रुपैयाँ कायम भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij