
Apr 21 2025 | २०८२, वैशाख ८ गते
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विद्यमान प्रतिसेयर अङ्कित मूल्य १०० को व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर अङ्कित मूल्य ५० कायम हुने भएको छ । कम्पनीको बुधबार सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीले साना लगानीकर्ताको समेत कम्पनीको सेयरमा सहज पहुँचका बढाउन प्रतिकित्ता अङ्कित मूल्यलाई आधा घटाएको जनाएको छ । सभाले कम्पनीको ५१ प्रतिशत लाभांश पारित गरेको छ । सभाले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार रुपियाँभन्दा बढी पुगेको छ । गोरखापत्रमा खबर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij