Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्यवृद्धि

खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्यवृद्धि

  • काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि नेपालमा मूल्यवृद्धि गरेको हो ।

    पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरिएको छ । योसँगै अब अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको मूल्य ९५ रुपैयाँ पर्नेछ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ ।
    हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

    अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij