
Apr 18 2025 | २०८२, वैशाख ५ गते
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ ।
पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ । पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ ।
गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिए । मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले ४० लाख तथा सङ्घीय सरकारले ३० लाख उपलब्ध गराएका छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न ५४ करोड लाग्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij