Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ । ८.६६ अंकले बढेपछि परिसूचक २५४३ अंक कायम भएको छ । आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ८ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ७ अर्ब ६२ करोडमा झरेको छ । त्यस्तै आज बैंकिङ समूह २६ अंकले बढेको छ । होटल ४४, विकास बैंक १, फाइनान्स ३८ र निर्जीवन बीमा समूह ६२ अंकले बढेको छन ।
ब्यापार ९७, जलविद्युत १९, उत्पादन ६९, अन्य ६, माइक्रोफाइनान्स ४४ र जीवन बीमा ११५ अंकले घटेका छन्। आज गोर्खा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ। गुहेश्वरी मर्चेन्ट बैंक र आइसिएफसी फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको छ । कुमारी बैंकको मूल्य ६.४, ग्लोबल आइएमईको ५.९ तथा प्रभु बैंकको मूल्य ४.६ प्रतिशतले बढेको छ। कारोबारका आधारमा यस दिन ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै प्रभु बैंकको ४६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा कुमारी बैंकको ३७ करोड रुपैयाँको सेयर किनबेच भयो। साधना लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.३ प्रतिशतले घट्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij