Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अभिनेत्री नीति शाह बाँधिइन् विवाह बन्धनमा

अभिनेत्री नीति शाह बाँधिइन् विवाह बन्धनमा

  • काठमाडौं । अभिनेत्री नीति शाह शुक्रबार विवाह बन्धनमा बाँधिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन् । काठमाडौंको एक होटलमा यी दुईको विवाह भएको हो ।

    AGNI GROUP

    नीति र याञ्चितले गत बैशाखमा कानुनी रूपमा विवाह गरेका थिए। उनीहरू करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाहपूर्व प्रि(वेडिङ फोटोसुट र सीक्रेट ब्याचलर पार्टी पनि सम्पन्न भएको थियो । बुधबारको संगीत कार्यक्रममा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी, आकृति राजभण्डारी लगायतले प्रस्तुति दिएका थिए ।

    नीतिका श्रीमान् याञ्चित पेशाले एयरक्राफ्ट मर्मत इन्जिनियर हुन् ।

    उनी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् । नीति र याञ्चितले शनिबार साँझ रिसेप्सन पार्टी आयोजना गरेका छन् ।

    नीतिको कामको कुरा गर्दा उनले फिल्म ‘खजुरे ब्रो’ बाट फिल्मी यात्रा सुरू गरेकी हुन् । उनका ‘ज्वाइँ साब’, ‘मोहर’, ‘नरसिंहा अवतार’ लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट