Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगनको वाणी : सत्य होला त ?

गगनको वाणी : सत्य होला त ?

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को चुनावपछि काँग्रेसको बहुमतको सरकार बन्ने दावी गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले चैत्रको पहिलो साता काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै बैशाख १ गते नेपालको नाममा सम्बोधन गर्दै ५ वर्षको प्रतिज्ञा सार्वजनिक गर्ने बताए ।

    AGNI GROUP

    उनले एउटा कुनै व्यक्तिले मात्र नेपालमा चमत्कार गर्न नसक्ने बताउदै कांग्रेसले टिम नेपाल बनाएर आफ्ना प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गर्ने बताए । 

    उनले केन्द्रमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गर्दै सांसदको संख्या समेत घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

     सभापति थापाले भ्रष्टाचार अन्त्य गर्न र सरकारलाई जवाफदेही बनाउन आयोग बनाएर २०४८ सालेदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए । कार्यक्रममा बोल्दै आफुहरुले कुन कुन कानुन संशोधन गरेर आफुहरुले प्रतिज्ञा गरेका विषय कार्यान्वयन गर्न सकिन्छ भन्ने तयारी गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट