Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा

  • काठमाडौँ । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरेको छ ।  विजयीले प्रत्येक शीर्षकमा ५० हजार रुपैयाँ गरी पुरस्कार जितेका छन् ।

    images
    images
    images

    सो प्रतियोगितामा विराटनगरका लकेश दंगल, भक्तपुरका मन्दीप बखुन्छे, पोखराका विकास त्रिपाठी, काठमाडौंका सन्तोष शाक्य, भक्तपुरका भुवन तिवारी र मुस्ताङका छेवाङ गुरुङ विजयी भएको बैंकले जनाएको छ ।

    ‘माई मोबाइल मनि’ प्रतियोगितामा पाँचवटा विभिन्न शीर्षक रहेको र सहभागीहरुले प्रत्येक शीर्षकमा तीन मिनेटसम्मको एकरएक गरी कुल पाँचवटासम्म भिडियो पठाउन सक्ने नियम थियो । सो प्रतियोगितामा २५० बढी भिडियोमार्फत सहभागिता रहेको बैंकले जनाएको छ । पहिलो शीर्षकमा भने दुईवटा भिडियोबीच बराबर भई दुईवटै भिडियो विजेता भएको बैंकले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij