Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गाडीबाट उत्रिएर सडकमा वृद्ध कुट्ने व्यक्ति प्रहरी नियन्त्रणमा

गाडीबाट उत्रिएर सडकमा वृद्ध कुट्ने व्यक्ति प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका– ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् ।

  • काठमाडौं । सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका– ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए । वृद्धमाथि कुटपिट गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।

    AGNI GROUP

    सोही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए । बमलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले बताए । बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलिनसकेको अधिकारीले बताए ।

    बहिनीसँग हिँडेका बमले बीच सडकमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर ती वृद्धलाई कुटपिट गरेका थिए । उनीसँगै उनको बहिनीले पनि ती वृद्धलाई गालीगलौज गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट