Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पैदलयात्रुलाई कारबाट ओर्लिएर मुक्का हान्ने व्यक्ति खोज्दै प्रहरी

पैदलयात्रुलाई कारबाट ओर्लिएर मुक्का हान्ने व्यक्ति खोज्दै प्रहरी

  • काठमाडौं । प्रहरीले बाटोमा हिँडिरहेको मान्छेलाई कारबाट निस्किएर मुक्का हान्ने ब्यक्तिको खोजी सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो मंगलबार बिहानदेखि भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो ।

    AGNI GROUP

    सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । सयौं सामाजिक प्रयोगकर्ताले सो भिडियो उपत्यका ट्राफिक प्रहरीलाई मेन्सन गर्दै कारबाहीको माग गरेका छन् ।

    त्यसपछि मात्र प्रहरी तातेको हो । कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ । ती महिलाले औंलो ठ्डयाउँदै गाली गरिरहेकी छन् । पैदलयात्रुकै कारण आफ्नो कार गुड्न अवरोध भएको भन्दै उनीमाथि कार चालकले हातपात गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट