Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आठ वर्षपछि निर्देशनमा रेखा थापा

आठ वर्षपछि निर्देशनमा रेखा थापा

  • काठमाडौं । महाशिवरात्रीको अवसरमा नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । अभिनेत्री तथा निर्देशक रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी उनले यो चलचित्र ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्देशन गर्नेछिन् ।

    onlinepatrika
    Arghakhachi

    चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।

    AGNI GROUP

    सार्वजनिक पोस्टरले युवापुस्ताको प्रेम र बुढ्यौली अवस्थाको सहारालाई चित्रण गरेको छ । चलचित्रको छायांकन फागुन दोस्रो साताबाट सुरु हुने र आगामी वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट